neapl investment mega bank
  • गृहपृष्ठ
  • राजेन्द्र महतोद्वारा लिम्बुवान राज्यको माग

राजेन्द्र महतोद्वारा लिम्बुवान राज्यको माग

Feb 4th, 2025

काठमाडौं, माघ २२

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले लिम्बुवान राज्यको माग गरेका छन् ।

माइतीघरमा सोमबार मुक्कुमलुङ संरक्षण संघर्ष समितिको आयोजनामा आयोजित प्रदर्शन कार्यक्रममा उनले मुलुक लिम्बूहरुको पनि साझा रहेकाले सार्बभौमसत्ता साझा हुनु पर्ने माग गरे ।

सरकारले केबलकार निर्माणमा देखिएको विवाद समाधानका लागि भन्दै वार्ता टोली बनाएर नाटकमात्र गरेको अध्यक्ष महतोको आरोप थियो । डर र धम्कीका बीच वार्ता नहुने चर्चा गर्दै उनले छुट्टाछुट्टै भन्दा एकजुट भएर आन्दोलन गरे माग सम्बोधन हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष महतोले मुक्कुमलुङमा केबलकार निर्माणको सम्झौता रद्द नभएसम्म आन्दोलन जारी रहने उल्लेख गर्दै आन्दोलनलाई मधेशको समेत समर्थन रहेको उल्लेख गरे ।