neapl investment mega bank
  • गृहपृष्ठ
  • त्रिदेशीय महिला टी-२०: आज नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा

त्रिदेशीय महिला टी-२०: आज नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा

Feb 2nd, 2025

काठमाडौं, माघ २०

त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आज नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा यो खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ। बिहीबार सुरु भएको प्रतियोगितामा दुई खेल खेलिसकेको नेपाल अंकबिहीन छ।

उद्घाटन खेलमा नेरदल्याण्डसँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा शनिबार थाइल्याण्डसँग चार विकेटले पराजित भयो। नेपाल आज घरेलु मैदानमा पहिलो जितको खोजीमा हुनेछ।

तीन खेल खेलिसक्दा दुई खेल जितेको थाइल्याण्ड चार अंकसहित शीर्ष स्थानमा छ भने नेदरल्याण्डले दुई अंक जोडेको छ।

आईसीसीको वरीयतामा नेदरल्याण्ड्स १६ औँ र नेपाल २० औँ स्थानमा छन् भने थाइल्याण्ड १३ औँ स्थानमा छ।