काठमाडौं, माघ ११
नेपालले आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा सान्त्वना जित हासिल गरेको छ । नेपालले प्लेअफ खेलमा मलेसियालाई ७ विकेटले हराएको हो ।
मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो ।
टस जितेर नेपालले मलेसियालाई ब्याटिङमा निम्त्याएको थियो । कप्तान पूजा महतोले ४ विकेट लिएपछि मलेसियाले १६.५ ओभरमा ४५ रन जोडेर अलआउट भयो ।