neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिका-४ इमाडोलमा स्थानीयद्वारा सडक बन्द

महालक्ष्मी नगरपालिका-४ इमाडोलमा स्थानीयद्वारा सडक बन्द

Jan 24th, 2025

ललितपुर, माघ ११

ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोलमा स्थानीयले सडक बन्द गरेका छन्। पवन प्रकृति स्कुलदेखि चाङ्गाथली जाने सडक लामो समयदेखि खनिएको भए पनि पिच नहुँदा स्थानीयले असन्तुष्टि जनाएका छन्।

सडकको धूलोका कारण दम, खोकी, र मुटु रोगले प्रभावित भएपछि बाध्य भएर सडक बन्द गर्नुपरेको स्थानीयले बताएका छन्। उनीहरूका अनुसार मेयर र वडा अध्यक्षलाई समस्या थाहा हुँदाहुँदै पनि समाधानमा चासो नदेखाइएको गुनासो छ।

स्थानीयले छिटो पिच कार्य पूरा गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।