काठमाडौं, माघ ८
निर्वाचन आयोगद्वारा “राष्ट्रिय मुक्ति पार्टी नेपाल” नामक नयाँ राजनीतिक दलको दर्ता प्रक्रिया सम्पन्न गरिएको छ ।
पार्टीलाई प्रमाणपत्र प्रदान गर्दै आयोगले यस दलको चुनाव चिन्हको रूपमा ग्यास सिलिण्डर र झण्डामा गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष राखिएको घोषणा गरेको छ ।
पार्टीको दर्ता नं. २०१ कायम गरिएको छ । राजनीतिक दलको मुख्य कार्यदिशा भनेको स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादलाई मार्ग निर्देशक सिद्धान्तका रूपमा लिँदै देशको राजनीतिक प्रणालीमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य राखिएको छ ।