neapl investment mega bank
  • गृहपृष्ठ
  • मेयर हर्क साम्पाङ सिंहदरबारमा, खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग

मेयर हर्क साम्पाङ सिंहदरबारमा, खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग

Jan 21st, 2025

काठमाडौं, माघ ८

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबार पुगेका छन् ।

मेयर साम्पाङ धरानवासीको पानीको समस्या समाधान गर्न माग गर्दै खानेपानी मन्त्रीलाई भेट्न सिंहदरबार पुगेका हुन्

मंगलबार बिहान उनी रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लाग्दा रित्तो गाग्री भने प्रहरीले खोसेको छ ।

साथै सिंहदरबार दक्षिण प्रवेश द्वारमा प्रहरीको निगरानी बढाइएको छ ।

मेयर साम्पाङले धरानवासीको खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग गरेका छन् ।