सबै मिलेर स्वाभिमानी ,आत्मनिर्भर नेपाल बनाउनु छ
अब यो एउटा अभियानको रुपमा सुरु गर्नुपर्छ
धेरै कुरा सोचेर नयाँ योजना बनाउनु छ
एकता र मानवताको भावना सहित राष्ट्र निर्माणमा लाग्नुपर्छ
अब सबै युवा शक्ति मिलेर देशलाई सजाउनु पर्छ
देश बनाउने हामीले नै हो राष्ट्र निर्माणको कार्यमा लाग्नुपर्छ
देशमा कृषि उत्पादनको नयाँ सोचको विकास गर्नुपर्छ
नयाँ नयाँ उद्योगहरुको थालनी गर्नुपर्छ
आउ सबै मिलेर आत्मनिर्भर नेपाल बनाउनु छ
आफ्नो कर्मले देशमा परिवर्तन गर्नु छ
यो हाम्रो माटोमा पौरख र पसिना बगाउनु छ
देश विकासका नयाँ नयाँ योजना बनाउनु छ
देशको प्रगतिको लागि सबैको साथ चाहिन्छ
स्वतन्त्र राष्ट्र हो हाम्रो छुट्टै पहिचान छ
देशलाई आत्मनिर्भर ,समृद्धशाली र शक्तिशाली बनाउनुपर्छ
अब देशको भविस्यको बारेमा सोच्नुपर्छ
देशमै रोजगारी सिर्जना गरि युवा विदेशीनु रोक्नुपर्छ
अब हामीले गम्भीर भएर देशको बारेमा सोच्नुपर्छ
लेखक: गोबिन्द राज ओझा (राजन)