neapl investment mega bank
  • गृहपृष्ठ
  • गंगाजल छर्केर शहीदको शालिक शुद्धिकरण गरियो 

गंगाजल छर्केर शहीदको शालिक शुद्धिकरण गरियो 

Jan 19th, 2025

सिरहा, माघ ६

मधेशी शहीदको शालिकलाई मधेशी दलका नेताहरुले अछुत बनाएको भन्दै युवा तथा नागरिक समाजका अगुवाहरुले शुद्धिकरण गरेका छन् ।

माघ ५ गते मधेश बलिदानी दिवसको अवसरमा सिरहाको लहानमा रहेका मधेश आन्दोलनका शहीदहरुको शालिकलाई युवा तथा नागरिक समाजका अगुवाहरुले गंगाजल छर्केर शुद्धिकरण गरेका छन् ।

मधेश जनजागरण अभियानका (त्रिनेत्र)का संयोजक रंजित कुमार झाले मधेशी दलका नेताहरु मधेशी शहीदको अपमान गर्दैै आएको गम्भीर आरोप लगाएका छन् । उनले मधेशी युवाहरुलाई हत्या गर्ने ठूला दलका नेताहरुको पाउँपुजा गर्नेहरुले शहीदको शालिक छोएकोले अछुत भइसकेको भन्दै गंगाजल छर्केर शुद्धिकरण गरिएको दाबी गरे ।

मधेशका मसीहा भनाउने उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र सीके राउतहरुले मधेश आन्दोलनका एजेण्डालाई छोडिसकेको उनीहरु सत्ता र भत्तामा मात्र समाइरहेको आरोप नागरिक समाजका अगुवाहरुले लगाए ।