neapl investment mega bank
  • गृहपृष्ठ
  • वायु सेवा निगमले तिर्‍यो ५३ करोड ९ लाख कर्जा

वायु सेवा निगमले तिर्‍यो ५३ करोड ९ लाख कर्जा

Jan 17th, 2025

काठमाडौं, माघ ४

लामो समयदेखि कर्जाको भारमा रहेको नेपाल वायु सेवा निगमले सरकारी स्वामित्वको ऋण दाता नागरिक लगानी कोष र सञ्चय कोषलाई ५३ करोड ९ लाख रूपैयाँ कर्जा किस्ता र ब्याज भुक्तानी गरेको छ।

निगमले दुई थान न्यारो बडी जहाजको पौष महिनाको किस्तावापतको पुरा रकम र वाइड बडी जहाजको किस्तावापतको आंशिक रकम समेत गरी कुल ५३ करोड ९ लाख ५५ हजार २८१ रूपैयाँ भुक्तानी गरेको हो।

निगमका अनुसार कर्जाको किस्ता भुक्तानीलाई नियमित गर्ने अभियान शुरू गरेयता ऋण दाता संस्थालाई कुल ६ अर्ब ८५ करोड ९५ लाख ५२ हजार रूपैयाँ भुक्तानी गरिएको  छ।