neapl investment mega bank
  • गृहपृष्ठ
  • स्थानिय कृषकहरुको बजार “बुधबारे” बजार.,

स्थानिय कृषकहरुको बजार “बुधबारे” बजार.,

Jan 16th, 2025

सोलुखुम्बू माघ – ३,

सोलुखुम्बु जिल्ला नेचासल्यान गाँउपालिका वडा नं -२, दोदीमा धेरै अगाडि देखि नै साप्ताहिक बजार लाग्ने गरेको छ । बारको नामबाट परिचित सो बजारको नाम नै “बुधबारे” बजार पनि भनिन्छ।

मुलुकको भुगोल हिमाल, पहाड, तराई जोडिएर बनेको छ, र मुलुकमा शहरि क्षेत्रको ब्यापक्ता नभएकोले अधिकाँस जनसँख्या ग्रामिण भेगमा नै बसोबास गर्दै गरेको पनि बिधमान छ । विशेष शहरमा पहुँच कम हुनाले ग्रामिण भेगका मानिसहरुको लागि प्राचिन देखि नै बजारको परिकल्पना भएको पनि सहजै स्विकार्न सकिन्छ ।

प्राचिनकाल देखि नै प्राय सबै स्थानका बजारहरु तिथि वा बारको नामबाट राखिए जस्तै सोलुखुम्बु जिल्ला नेचासल्यान – २, दोदी अवस्थित दोदी बजार पनि “बुधबारे” नामले चर्चित छ । कतै, कतै तराई तिर विभिन्न कारणले हप्ताको दुई, बार बजार लाग्ने गरेको भए पनि दोदीको बजार भने हप्ताको निश्चित बार बुधबार लाग्ने गरेको छ । आजभोली स्थिति फरकका कारण खोला, नालामा पुल तथा बाटो, घाटोले यातायातमा सुबिधा भई आवत, जावत र आवागमनमा सहज भएकाले स्थानिय बजारको आकार स्थिति कमजोर भई क्रमश ह्रास हुँदै गईरहेको पनि हामी सबैको आँखा अगाडि छर्लङ्गै छ ।

कतिपय व्यापारी क्षेत्रमा देखिएको भयानक प्रतिस्पर्धा र शहरी सामाग्रीहरुको बिग, बिगि सँगै अनुगमनको अभाबमा स्थानियहरु शहरी उत्पादन चाउचाउ, *गुलियो बस्तुहरु., *म्याद गुज्रेका तेलहरु समेत गाँउघरमा प्रयोग गर्ने गरेको प्रशस्तै पाईन्छ । हाल बजारमा बिक्रेता गाउँ कै भएपनि बेचिने सामान शहरबाट ल्याईएका हुन्छन तर पहिले गाँउबाट शहर लगिन्थ्यो ।

पहिले बजारमा कृषि प्रयोजनका कृषि सामाग्री., * माटाका भाँडा., र *काठका सामाग्रीहरुको किनबेच बजारमा हुने गर्दथ्यो तर अहिले स्थानिय रक्सीको ठाँउमा शहरी हिस्कि, रम, ब्राण्डीहरुले बजार मौलाएको छ । गाँउघरको खानेकुरामा बिस्तारै मेनु (Menu) देखिन थालेको छ, यसरी हाम्रो स्थानिय बजारमा शहरी उत्पादनले बर्चश्व जमाउँदै जाँदा स्थानिय उत्पादन भने बजारमा निकै कम देखिएको छ । थोरै भएपनि गाँउको अर्गानिक उत्पादन शहर निर्यात हुन थालेको छ, र शहरको बिषादीयुक्त खानेकुरा गाँउघरमा प्रयोग भईराखेको छ ।

तशर्थ अब उप्रान्त सरकारले स्थानिय नागरिकहरुले ग्रामिण बजारबाट के, कस्तो लाभ उठाउन सक्छन र स्थानिय तहबाट कृषि सम्भावनालाई अध्यन गरि छिमेकि बजारको पारस्पारिक सामर्थ्यको अध्यन गरि बिकाशको सम्भावना सँग जोडन सकियो भने पनि स्थानियलाई अर्थतन्त्रमा अत्यन्तै प्रभाबकारी हुन सक्छ अनि बिकल्पमा परम्परागत गाँउघरको हाम्रो बजारलाई जिबिकोपार्जन सँग जोडेर जीबन्त बनाउन सके पनि गाँघरका बजारहरु अर्थतन्त्रमा सञ्जिबनी बन्न सक्छन ।

बास्तवमा लाभहरु बिचौलियाहरुले लिईरहँदा., कृषकले आफ्नो उपजको बिक्रीबाट लाभ लिन सकिरहेका छैनन्,, गाँउका शिल्पिहरु द्वारा निर्माण सामाग्रीहरुलाई बाहिरी फेन्सि उत्पादनले निरन्तर बिस्थापित गरिरहेकै छ, तथापि अत्यन्तै सानो क्षेत्रफल भित्र स्थापित हाम्रो बुधबारे बजारलाई समेत गतिलो टहरा नहुँदा कृषकहरुको तरकारी भिज्ने र उचित मूल्य नपाँउने समस्या देखिएकोले स्थानिय सरकारको ध्यानाकर्षण भई निर्माणाधिन टहराहरुको काम समेत पूरा नहुँदा केहि दिनका लाग भएपनि स्थानिय क्रेता, बिक्रेता दुबैलाई सास्ती भने खेप्नु परिरहेको देखिन्छ ।