neapl investment mega bank
  • गृहपृष्ठ
  • कृषि विकास बैंकको अठारौं वार्षिक साधरण सभा सम्पन्न

कृषि विकास बैंकको अठारौं वार्षिक साधरण सभा सम्पन्न

Jan 13th, 2025

काठमाडौं, पुस २९

कृषि विकास बैंक लि.को आर्थिक वर्ष २०८०।८१ अठारौ वार्षिक साधरणसभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा मिति २०८१।०९।२९ गते सोमबार सम्पन्न भयो । बृहत कार्य संजालद्धारा आफ्ना बस्तु÷सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २८२ वटा शाखाहरु मार्फत आधुनिक बैकिङ्ग सेवा पु¥याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये कृषिमा सबै भन्दा बढी लगानी गरेको कृषि विकास बैंक लि.को अठारौ बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष श्री रामशरण पुडासैनीज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त साधरणसभामा बक्ताको रुपमा भाग लिनु भएका शेयरधनी महानुभावहरुले उठाउनु भएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष श्री रामशरण पुडासैनीज्यूले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

शेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरणसभामा विभिन्न निकाय÷संघ÷संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु क्रमश श्री दीर्घराज मैनाली, डा.हरी बहादुर के.सी., श्री गोविन्द प्रसाद भट्टराई,श्री संजिव पौडेल, श्री विनोद कुमार गुरागाँई , श्रीमति रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गुरुङको उपस्थिती रहेको थियो भने साधरणसभाको संचालन बैंकका कम्पनी सचिव श्री हिमलाल पौडेलले गर्नु भएको थियो ।