काठमाडौं, पुस २९
२०४७ साल देखी निरन्तर सामाजिक सेवाको क्षेत्रमा सक्रिय श्री कृष्ण प्रणामी युवा परिषद् नेपालले संस्थाको दोश्रो आधारशिला सेवामुखी बनौं भन्ने भावलाई आत्मासाथ गर्दै चिसो मौषमबाट अति प्रभावित सामुदायिक बिद्यालय, गुरुकुल गुम्बा बृदाआश्रम र अनाथ आश्रमका बिध्यार्थी बृद्धबृद्धा र अनाथ अशक्तहरुलाई निरन्तर सहयोग गरिरहेको जानकारी परिषदका केन्द्रिय सदस्य भिम बगालेले गराउनु भएको छ ।
श्री कुशादेवी माध्यामिक बिद्यालय र श्री त्रिवेणीधाम आधारभुत संस्कृत गुरुकुल ओखलढुङ्गामा अध्यनरत २०७ जना बिध्यार्थीहरुलाई बिद्यालय पोषाक झोला जुत्ता मोजा टोपी बितरण गरिनुका साथै श्रीकृष्ण प्रणामी मन्दिर कटुञ्जे ओखलढुङ्गालाई बाध्यबादनका सामाग्री हार्मोनियम तबला बितरण गरिएको छ । साथै संस्कार सहितको शिक्षाले मात्र असल चरित्र निर्माण हुने हुँदा बिद्यालयले पाठ्यक्रममा मात्र सिमित नभई थप रचनात्मक गतिबिधी,अन्तरक्रिया र सचेतनामुलक कार्यक्रम संचालनको लागी परिषद् सङ्ग समन्वय गरे परिषद् थप सहयोग गर्न तयार रहेको जानकारी भिम बगाले ले कार्यक्रमको अबसरमा गराउनु भएको थियो ।
२०८१ पौष १३ गते श्री गोङ्गबु प्रा स को आयोजनामा रिगोन तास्ही चोइलिङ् गुम्बा दक्षिणकाली काठमाण्डौमा अध्यनरत बिध्यार्थीहरुको पठन पाठनलाइ सहयोग पुर्याउने उदेस्यले रु २०,००० आर्थिक सहयोग युवा परिषद् गोङ्गबुका नि. अध्यक्ष देभराज बजगाईले प्रदान गरेका थिए ।
२०८१ पौष १६ गते श्री आधारभुत बिद्यालय खैरहनी – ७ सुल्ताना चितवनमा अध्यनरत १२५ जना छात्र-छात्राहरुलाई गोङ्गबु प्रा स को आयोजनामा नगद रु २८२५० र ६५,००० बराबरको शैक्षिक सामाग्रीहरु हस्तान्तरण, २०८१ पौष २३ गते श्री नेपाल मातृगृह गोङ्गबु काठमाण्डौमा आश्रित अनाथ बालबालिकाहरुको पालनपोषण एवं पठनपाठनमा टेवा पुर्याउने उदेस्यले चिनिया नागरिकको सहयोगमा गोङ्गबु प्रा स द्धारा रु २०,००० आर्थिक सहयोग हस्तान्तरण, २०८१ पौष २३ गते श्री पबित्र सेवा समाज बुढानिलकणठ – ४ काठमाण्डौमा आश्रित असाहाय महानुभालाई परिषद्को तर्फबाट केहि सेवा पुगोस् भन्ने पबित्र उदेस्यले गोङ्गबु प्रा स मार्फत रु १०,००० नगद र ५०,००० बराबरको खाध्यान्न सामाग्री बितरण, पौष २४ गते श्री जनता आधारभुत बिद्यालय थाक्रे-८ धादिङमा अध्यनरत ४२ जना बिध्यार्थीलाइ न्यानो ड्रेस, झोला कपि कलम पेनसिल इरेजर कटर कलर लगाएत आवस्यक खेलकुद सामाग्री युवा परिषद् गोङ्गबुले प्रदान
तराईका बिभिन्न जिल्ला बाट आइ ज्यालामजदुरी गर्दै अस्थाई बसोबास गर्ने अधिकाम्स अभिभावकका बाल बच्चाहरु अध्यन गर्ने जानाकारी प्रधानाध्यापक उत्तम प्रसाद सुवेदीले दिनुभयो ।
२०८१ पौष २५ गते श्री ज्योति आधारभुत बिद्यालय किस्पाङ-३ नुवाकोट काउलेमा अध्यनरत ७० जना बिध्यार्थीलाइ न्यानो ड्रेस, झोला कपि कलम पेनसिल इरेजर कटर कलर लगाएत आवस्यक खेलकुद सामाग्री जिल्ला समिति नुवाकोटको समन्वयमा युवा परिषद् गोङ्गबुले प्रदान
बिद्यालयमा अधिकांस बिध्यार्थीहरु अभिबावक बिहिन भएको जानाकारी प्रधानाध्यापक जनक थापाले दिनुभयो ।
२०८१ पौष २६ गते श्री कालिका माध्यामिक बिद्यालय बेथानचोक-४ काभ्रेपलाञ्चोकमा अध्यनरत ८८ जना बिध्यार्थीलाइ न्यानो ड्रेस, झोला कपि कलम पेनसिल इरेजर कटर कलर लगाएत आवस्यक खेलकुद सामाग्री र नगद रु ५०,००० हस्तान्तरण उक्त अबसरमा केन्द्रिय सदस्य भिम बगाले ले बिध्यार्थीहरुको अभाव अभिषाप नभई वरदान भएकाले अध्यनका क्रममा आइपर्ने जस्तोसुकै परिस्थितिको सामना गर्न बिध्यार्थीहरुलाई सुझाब दिनुभएको थियो । गत असोजमा गएको बाढी पहिरोले बिद्यालयको भौतिक संरचनामा ठुलो क्षति पुगेको अबस्थामा पनि उधारो सामाग्री लिएर जस्ताको अस्थाई टहरो निर्माण गरि पठनपाठनलाई निरन्तरता दिएको साथै बिद्यालयका अधीकाम्स विध्यार्थी आर्थिक रुपमा विपन्न रहेको जानाकारी प्रधानाध्यापक महेन्द्र प्रसाद वाग्ले ले दिनुभयो ।
२०८१ पौष २७ गते श्री प्राणनाथ माईती बृद्ध आश्रम पनौती-९ काभ्रेमा आश्रित बृद्ध बृद्धाहरुको पालन पोषणमा टेवा पुर्याउने उदेस्यले नगद रु ३,८०,००० प्रदान गर्दै आश्रमका बृद्ध बृद्धाहरुको निशुल्क नेत्र परिक्षण सङ्गै चस्मा पनि बितरण गरिएको थियोे ।
२०८१ पौष २८ गते श्री गोङ्गबु प्रा स को आयोजनामा श्री कालिका प्रा.बी.नमोबुद्द – ३ भेडाबारी काभ्रेमा ४२ जना बिध्यार्थिहरूको लागी ८०,०००-/ बराबरको न्यानो कपडा , जुत्ता मोजा स्पिकर लगाएत अत्यावश्यक शैक्षीक सामाग्री हस्तान्तरण
कार्यक्रम सप्पन्न गर्न महत्त्वपूर्ण सहयोग गर्ने चिनिया व्यवसायी सोङ र अलिबाबा ट्रेक एण्ड टुर्स प्रा लि को संचालक देभराज बजगाँई र शोभा बजगाँईको सहयोगको प्रशम्सा गर्दै यस्तै प्रकारका धेरै सेवाका कार्यक्रमहरु पुर्व मेची देखी पश्चिम महाकाली सम्म निरन्तर भैरहेको र आफु उपस्थित केहि कार्यक्रमहरु मात्र साङ्केतिक रुपमा थप सेवा गर्न चाहानुहुने माहानुभावलाई प्रेरणा मिलोस् भन्ने उदेस्यले सुचना सम्प्रेषण गरिएको परिषद्का केन्द्रिय सदस्य भिम बगालेले जानाकारी गराउनु भयो ।