neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रतिबन्धित औषधी नबेच्न औषधी व्यवस्था विभागको निर्देशन

प्रतिबन्धित औषधी नबेच्न औषधी व्यवस्था विभागको निर्देशन

Jan 10th, 2025

काठमाडौं, पुस २६

औषधी व्यवस्था विभागले प्रतिबन्धित औषधी बिक्री तथा वितरण भइरहेको पाइएको भन्दै त्यस्ता औषधी बिक्री नगर्न निर्देशन दिएको छ ।

विभागले सुचना जारी गर्दै विभागमा दर्ता नभएका, चिकित्सकको पुर्जीमा मिश्रित फर्मास्युटिकल बनावट भएका औषधीहरू, न्युट्रास्युटिकल्सका नाममा रहेका औषधीहरू, र औषधीमिश्रित सौन्दर्य प्रसाधनको बिक्री तथा वितरण भइरहेको गुनासो प्राप्त भएकाले यसलाई तत्काल रोक्न निर्देशन दिएको हो।

अनुगमनका क्रममा विभागमा दर्ता नभएका तथा प्रतिबन्धित औषधीहरु चिकित्सकीय पूर्जामा सिफारिस हुँदा नागरिकको स्वास्थ्यमा प्रतिकुल असर परेको निरिक्षणका क्रममा पाइएको भन्दै यस्ता औषधीको बिक्री वितरण तथा सिफारिस रोक्न चिकित्सक तथा औषधी फर्माहरुलाई सूचित गरेको छ।

विभागले औषधी फर्मा, चिकित्सकहरू, र सम्बन्धित निकायहरूलाई अनियमितता रोक्न स्पष्ट रूपमा सूचित गरेको छ।
सूचनाको अवज्ञा गरी प्रतिबन्धित औषधी बिक्री तथा वितरण गरेको पाइएमा औषधी ऐन २०३५ बमोजिम जफत र कडा कानूनी कारबाही गरिने चेतावनी दिइएको छ।