neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाको नवनिर्वाचित कार्य समितिलाई पद हस्तान्तरण

नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाको नवनिर्वाचित कार्य समितिलाई पद हस्तान्तरण

Jan 5th, 2025

ललितपुर, पुस २१


नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाको नवनिर्वाचित कार्य समितिलाई पद हस्तान्तरण तथा निवर्तमान कार्य समितिको विधाइ कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुशासन र आर्थिक समृद्धिका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले थप क्रियाशीलताका लागि आग्रह गर्नुभएको छ ।

उनले समाज रूपान्तरणमा पत्रकारको भूमिकाको प्रशंसा गर्दै जिम्मेवारीअनुसार भूमिका निर्बाहका लागि आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले नागरिक संस्थाको रूपमा महासङ्घको उचाइ र मर्यादालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

महासङ्घ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले पत्रकारको हकहित र जिल्लामा सञ्चालित स्वरोजगारमूलक मिडियाको व्यवस्थापनका लागि सहजीकरण गर्ने बताए ।