आधारभूमि पौष २० ललितपुर ।
टिकेश्वर कृषि बहुउद्देस्यीय सहकारी संस्थाको १७ औं साधारण सभा सम्पन्न भएको छ । सभामा महालक्ष्मी नगरपालिका वडा नं. ५ वडा अध्यक्ष कपिल के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अतिथिहरुमा राष्ट्रिय मुक्ती पार्टीका केन्द्रीय सदस्य बलराम वाग्ले, संस्थाका पूर्व अध्यक्ष शरद राना मगर, सल्लाहकार प्रेम कुमार अधिकारी, समाजसेवी कृष्ण रानामगर लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।
संस्थाले हालसम्म निक्षेप ८ करोड ५० लाख ७ हजार ८ सय ३ रुपैयाँ २६ पैसा संकलन गरेको कोषका कोषाध्यक्ष शर्मिला बुढाथोकीले जानकारी गराइन । संस्थाको पूर्व अध्यक्ष शरद रानामगरलाई खानेपानीमा योगदान गरे वापत र संस्थाका सल्लाहकार प्रेम कुमार अधिकारीलाई सम्मान गरेको थियो । सभाको सभापतित्व राजकुमार महर्जनले गरेका थिए ।