neapl investment mega bank

४ अंक बढ्यो नेप्से

Jan 2nd, 2025

काठमाडौं, पुस १८

नेप्से परिसूचक ४.६३ अंक बढेर २५८६.२३ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स ०.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंक बढेको छ।

३१५ स्टककोे ५० हजार ४४७ पटकको कारोबारमा ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.४० प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक १.८७ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.०३ प्रतिशत र अन्य उपसमूहको १.८४ प्रतिशत घटेको छ।

न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य ४५ रुपैयाँ बढेर ४९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

सामुदायिक लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सिन्धु विकास बैंक र सुपर मादी हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सपोर्ट लघुवित्तको शेयरमूल्यसर्वाधिक ५.०२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा प्रभु महालक्ष्मी इन्स्योरेन्सको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको ४६ करोड १७ लाख रुपैयाँ ४२ हजार रुपैयाँबराबरको संस्थापक शेयर किनबेच भएको छ।

न्यादी हाइड्रोपावरको करिब २१ करोडको शेयर खरिदबिक्री भएको छ भने हिमालयन डिष्टिलरीको करिब १२ करोडको शेयर कारोबार भएको छ।