neapl investment mega bank

बाल कलाकार सचिन परियारको निधन

Jan 2nd, 2025

काठमाडौं, पुस १८

बाल कलाकार सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

निमोनिया भएपछि करिब एक हप्ताबाट अस्पताल भर्ना भएका उनको निमोनिया बिग्रिएर निधन भएको बताइएको छ । विगत लामो समयदेखि उनको स्वास्थ्यमा बेला बेला समस्या देखा पर्दै आएको थियो । यसअघि उनलाई नसासम्बन्धी समस्या पनि थियो ।

युट्युबमा अन्तर्वार्ता दिएर भाइरल बनेका उनले चर्चित टीभी श्रृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही सांगीतिक भिडियोमा अभिनय गरेका थिए ।