neapl investment mega bank
  • गृहपृष्ठ
  • फिल्म ‘होस्टेल ३’ फागुन २३ मा प्रदर्शन हुने

फिल्म ‘होस्टेल ३’ फागुन २३ मा प्रदर्शन हुने

Dec 27th, 2024

काठमाडौं, पुस १२

फिल्म ‘होस्टेल ३’ फागुन २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टरसहित प्रदर्शन मिति बाहिर ल्याएको हो । 

पोस्टरमा फिल्मका ४ मुख्य पात्रहरूलाई रमाइलो मुद्रामा देखाइएको छ । जसले फिल्म हास्यरसमा आधारित रहेको सङ्केत गर्दछ । पोस्टरमा फिल्मका मुख्य कलाकार आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि र पदम तामाङका बास्केटबल कोर्टमा रमाइला गतिविधिहरू गरिरहेको देखिन्छ ।

फिल्म क्याम्पस जीवनका सङ्घर्ष, मित्रता र रमाइलो क्षणहरूको कथामा बनेको हो । सशान कँडेलको निर्देशन रहेको फिल्म सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्मस्सँगको सहकार्यमा निर्माण गरेको हो ।

कर्ण कार्की र गोविन्द अधिकारी निर्माता, सुरेश कँडेल सहनिर्माता र शङ्कर कोइराला फिल्मको कार्यकारी निर्माता हुन् । ‘होस्टेल ३’ यसअघि प्रदर्शन गरिएका ‘होस्टेल’ सिरिजको तेस्रो श्रृखला हो । फिल्मको नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्मस् हुन् ।