काठमाडौं, पुस १०
नेकपा(एमाले)का पूर्वउपाधयक्ष डा. भीम रावल पार्टी सदस्यबाटै निष्कासित भएका छन् । आज बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टी सदस्यबाट हटाउने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गा्रतमले जानकारी दिए ।उनका अनुसार रावलले निरन्तर पार्टी हित विपरीतका अभिव्यक्ति दिइरहेकाले संगठित सदस्यबाट हटाउने निर्णय गरिएको हो ।
साथै, आजको सचिवालय बैठकले पार्टी स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषकिरण तिमल्सेनालाई पनि ६ महिनासम्म निलम्बन गर्ने निर्णय गरेको छ । एमालेले विवादास्पद व्यावसायिक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा लिएपछि उनीहरुले विरोध जनाएका थिए । रावल भने दशौं महाधिवेशनमा अध्यक्ष केपी ओलीविरुद्ध उम्मेदवारी दिएर पराजित भएपछि नेतृत्वको आलोचना गर्दै आएका थिए ।