काठमाडौं, पुस ९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन्। संघीय संसद् सचिवालयले सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको छ।
सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ अनुसार उनीमाथि कास्की जिल्ला अदालतमा मुद्धा दायर भएपछि संसद सचिवालयले सांसद पदबाट निलम्बन गरेको हो।
सम्पत्ति शुद्धीकरणमा मुद्धा परेमा कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवाको पद स्वत निलम्बनमा पर्ने व्यवस्था छ।