काठमाडौं, पुस ६
नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । शनिवार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले उपाधि जितेको हो।
१ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो ।
उपाधिसँगै जनकपुरले १ करोड १० लाख रुपैयाँ जितेको छ ।