neapl investment mega bank
  • गृहपृष्ठ
  • नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्न मन्त्री यादवद्धारा निर्देशन

नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्न मन्त्री यादवद्धारा निर्देशन

Dec 17th, 2024

काठमाडौं, पुस २

खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको छ । आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) पानीपोखरीमा रहेको खानेपानीको भरपर्दो र दीगो एवं न्यायोचित बितरण सुनिश्चित गर्नमा सहयोग पुर्‍याउन अनुगमन, नियन्त्रण र तत्थ्याङ्क प्राप्तिकरण प्रणाली (स्काडा कन्ट्रोल कक्ष) को अनुगमन तथा निरीक्षणका मन्त्री यादवले सो निर्देशन दिनु भएको हो ।

अनुगमन एवं निरीक्षणका क्रममा मन्त्री यादवले भन्नुभयो, “काठमाडौँ उपत्यकामा खानेपानीको भरपर्दो र दीगो एवं न्यायोचित रुपमा नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्नुहोला । सबै नागरिकले शुद्ध अनी सफा पानी खान पाउन ।” सोही क्रममा मन्त्री यादवले स्काडाको काठमाडौँ स्थित पानीपोखरी नियन्त्रण कक्षबाट स्वचालित रुपमा खानेपानीको बितरण तथा सञ्चालन गर्ने खानेपानी बितरणसँग सम्बन्धित विभिन्न तथ्याङ्क प्राप्त गर्ने, पानीको चुहावट नियन्त्रण गर्ने कायर्मा बाँकी रहेका कामहरु यथाशिघ्र सम्पन्न गर्न समेत निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकामा स्वचालित रुपमा पानी बितरण गरिने र बन्द गरिने प्रणालीसँग सम्बन्धित रहेका सबै कामहरु चाडो सम्पन्न गर्नुस् । नागरिकले स्वच्छ र शुद्ध पानी समयमै प्रयोग गर्न पाएको आभास गर्न सकुन ।”
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) बाट हाल सञ्चालनमा रहेका खानेपानी सम्बन्धिका सबैकामहरु समयमै सम्पन्न गर्न/गराउन समेत मन्त्री यादवले निर्देशन दिनुभयो । “समयमै नागरिकले शुद्ध पानी खान पाउन, पानीसँग सम्बन्धित रहेका सबै कामहरु तत्काल सम्पन्न गराउनु होला ।” मन्त्री यादवले भन्नुभयो ।