काठमाडौं, मंसिर २९
नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको अध्यक्षमा पत्रकार महासंघ ललितपुरको अध्यक्षमा प्रेस सेन्टरको प्यानल नै विजयी भएकाे छ । अध्यक्षमा रामहरि कार्की निर्वाचित हुँदा उनको प्यानल नै विजयी भएको हो।
कार्कीले दुई सय ४३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी रमेशप्रसाद तिमिल्सिनाले ६३ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य सविन शर्माले जानकारी दिए।
यस्तै, उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान, कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन्।
सदस्यमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे, शिशिरकुमार लामा निर्वाचित भएका छन्।