काठमाडौं, मंसिर २५
चालु आर्थिक वर्ष चार महिनामा पोहोरको सोही अवधिको तुलनामा अधिकांश वाणिज्य बैंकले मुनाफा बढाएका छन् ।
आर्थिक गतिविधि बढ्न नसकेर व्यवसाय विस्तार गर्न नसकेका बेला रिकभरीमा भएको सुधारका कारण बैंकहरूको मुनाफा बढेको हो। २० वटा बैंकले चार महिनामा २२ अर्ब २९ करोड रुपैयाँ मुनाफा कमाएका छन्। यो मुनाफा रकम पोहोर पहिलो चार महिनाको चुलनामा ७.५६ प्रतिशत बढी हो।
चार महिनाको अवधिमा १३ बैंकले नाफा बढाउँदा ६ वटाको भने खुम्चिएको छ। कृषि विकास बैंक भने नोक्सानीमा छ।
सानिमा, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, सिटिजन्स, एनआइसी एशिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा खुम्चिएको हो।
लक्ष्मी सनराइज बैंकको नाफा सबैभन्दा धेरै १०७.२६ प्रतिशतले वृद्धि भएको छ। धेरै नाफा गर्नेमा नबिल बैंक छ। नबिलले २ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको छ।