काठमाडौं, मंसिर १८
साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १७ दशमलव ८० अंकले बढेर २७७५ दशमलव ८५ को विन्दुमा पुगेको छ ।
मंगलबार ३०७ कम्पनीका ८८ हजार ७७५ पटकको कारोबारमा १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ५२ करोड १२ लाख १९ हजार २९९ रुपैयाँ रहेको छ ।
१४२ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज दिव्यश्वरी हाइड्रोपावर र इङ्वा हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने नगदी ग्रुपको सर्वाधिक कारोबार भएको छ ।