काठमाडौं, मंसिर १७
काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् ।
रास्वपाकी श्रेष्ठले १५ सय ८४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका देवेन्द्र पाठकले १३ सय ४ मत पाएका छन्।
एमालेका लक्ष्मीरत्न तुलाधरले १२ सय १८ मत पाएकी छन्।