neapl investment mega bank
  • गृहपृष्ठ
  • लक्ष्मी सन्राईज क्यापिटलको १४औं वार्षिक साधारण सभाबाट शेयरधनीका लागि रु.७.७२ करोड बराबरको नगद लाभांश पारित

लक्ष्मी सन्राईज क्यापिटलको १४औं वार्षिक साधारण सभाबाट शेयरधनीका लागि रु.७.७२ करोड बराबरको नगद लाभांश पारित

Dec 1st, 2024

काठमाडौं, मंसिर १६

लक्ष्मी रान्राईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित लक्ष्मी सन्राईज क्यापिटल लिमिटेडले आफ्‌नी १४ औं वार्षिक साधारण सभा मिति २०८१/०७/१६ गते आइतबारका दिन लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा भव्यताका साथ सम्पन्न गरेको छ ।

आ.व. २०८०/०८१ मा लक्ष्मी क्यापिटल मार्केट र सन्राईज क्यापिटल एक आपसमा गाभिई मिति २०८० पौष २३ गतेबाट संयुक्त कारोवारको थालनी गरिएको र दुई कम्पनीको मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी रु ४८,८९,००,००० कायम भएको छ।

वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरियो र आ.व. २०८१/०८२ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परिक्षक नियुक्ती गर्ने सम्वन्धमा निर्णय गरियो। साथै, मर्जर पश्चात आ.व. २०८०/०८१ को एकीकत बासलात बमोजिम प्रति शेयर आम्दानी १९६० प्रतिशत रहेकोमा वितरण योग्य आम्दानी १७८९ प्रतिशत मध्येबाट आफ्‌ना शेयरधनीहरुलाई १५.७९ प्रतिशत अर्थात् रु.७७१,९४,७३६.८० (१५% कर बाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरियो ।

तीन दशक भन्दा अधिक समयदेखि मर्वेण्ट बैंकिङ्ग सेवामा सकृयताका साथ संलग्न रहेको यस कम्पनीले हाल सम्म सबै भन्दा बढी संस्थाहरुको शेयर निष्काशन तथा बिक्री प्रवन्धकको कार्य सम्पन्न गरेको छ। हाल २० वटा कम्पनीहरुको शेयर निष्काशनको क्रममा रहेको छ। कम्पनीले करिव २५० जना ग्राहकहरुको ७० करोड भन्दा वढी रकमको पोर्टफोलियो व्यवस्थापन गर्दै आईरहेको छ र कम्पनीले करिव ३.५० लाख निक्षेप सदस्यहरुको डिम्याट खाता खोल्न सफल भएको छ।

कम्पनीले करिव ७ अर्व बराबरको ६ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड संचालन गर्दै आईरहेकोमा मिति २०८१/०२/२८ मा १ अर्व २५ करोड रकम बराबरकी सात वर्ष अवधिको लक्ष्मी इक्विटी फण्ड परिपक्व भई सात वर्षकी अवधिमा ईकाईधनीहरुलाई जम्मा ६३.६५ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको र परिपक्व भए पश्चात सीका ईकाइधनीहरुलाई रु ११.१४ प्रति ईकाइका दरले रकम फिर्ता भुक्तानी गरिएको। वाकि ५ वटा योजनाले आ.व. २०८०/०८१ को मुनाफाबाट ४५० देखि १२५० प्रतिशत्त प्रतिफल वितरण गरेको छ।

विशिष्टीकृत लगानी कोष सेवा अन्तर्गत एक अर्व वरावरको लक्ष्मी सस्टनेवल ईनर्जी फण्ड स्वीकृती प्राप्त गरी उक्त फण्डले लगानीकर्ताहरुबाट करिब रु ४० करोड संकलन गरिसकेको, बाँकी रकम आलु आ.व. मा संकलन गर्ने लक्ष्यरहेको कम्पनीले जानकारी दिएको छ।