काठमाडौं, मंसिर १३
सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रविलाई बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइएको हो ।
काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई पनि आरोपित गरेर जाहेरी दिइएको छ । यसैको अनुसन्धानका लागि काठमाडौं ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले पनि पक्राउ पूर्जी जारी गरिसकेको छ ।