neapl investment mega bank
  • गृहपृष्ठ
  • गणतन्त्र , संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा :- कमल थापा 

गणतन्त्र , संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा :- कमल थापा 

Nov 27th, 2024

काठमाडौंर मंसिर १२

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्ती लादिएको गणतन्त्र , संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा भएको बताएका छन् । मुलुकमा देखिएको सम्पुर्ण रोग,भोक, गरिबी,अशिक्षा र पछौटेपनको एक मात्र कारण सनातन हिन्दु धर्म, राजसंस्था,एकात्मक शासन प्रणाली भएको गलत भाष्य निर्माण गर्दै भ्रमको खेति गरि षड्यन्त्र पुर्बक ढंगबाट  राजसंस्था र  सनातन हिन्दु राष्ट्रको पहिचान समाप्त गरिएको समेत थापाले बताएका छन् ।

आज बिराटनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले बिदेशीहरुको प्रायोजन र षड्यन्त्रबाट मुलुकको महत्त्वपूर्ण पहिचानलाई समाप्त पार्न देश भित्रका पार्टीहरुलाई प्रयोग गरिएको थापाले आरोप लगाए । सबै समस्याको अचुक रामबाण औसधि गणतन्त्र ,धर्म निरपेक्षता र संघीयता हो भन्दै भ्रम सिर्जना गर्न बिदेशीले करोडौ पैसा खर्च गरेको समेत उनको टिप्पणी थियो । बिदेशीको दबाब, प्रभाब र सत्तास्वार्थमा माओवादी सङ्गै काङ्ग्रेस एमाले पनि बहकिएको भन्दै थापाले माओवादी मार्फत बिदेशिले खेलेको र काङ्ग्रेस एमाले समेत प्रयोग भएको बताए ।

अहिलेको भ्रष्ट ब्यबस्था र शासकबाट मुक्ती पाउनको लागि जनता सडकमा आउनुपर्नेमा जोड दिदै थापाले सबै राष्ट्रबादी, हिन्दुबादी र संघीयता बिरोधीहरु एक ठाउँमा आउनुपर्मे औल्याए ।  समान बिचार भएकाहरु एक ठाउँमा आउन ढिला गर्न नहुमे भन्दै थापाले एजेन्डा स्थापित गर्नको लागि ठुलो छाती र त्यागको भावना आब्श्यक पर्ने स्पष्ट पारे ।

“पद प्रतिष्ठा,स्वार्थ ,महत्त्वकांक्षा पालेर राष्ट्रबादी आन्दोलन टुङ्गोमा नपुग्ने भन्दै थापाले राप्रपा नेपाल सबै त्यागेर एजेन्डा केन्द्रित हुनेछ” थापाले भने । कार्यक्रममा पुर्ब उपप्रधानमन्त्री बद्री प्रसाद मण्डल र वरिष्ठ राजनितीज्ञ जित बहादुर अर्जेलले आन्दोलनको आबश्यकता र औचित्य बारे प्रकाश पारेका थिए । कार्यक्रममा तत्कालीन मोरङ जिबिसका सभापति बल्लब प्रसाद दाहाल सहित दर्जनौ ब्यक्तिहरु राप्रपा नेपाल प्रबेश गरेका थिए ।