काठमाडौं, मंसिर १२
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगको लाइन नकाट्ने निर्णय गरेको छ।
बुधबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले बक्यौता नतिरे पनि तत्काल नै उद्योगको लाइन नकाट्ने निर्णय गरेको हो ।
प्रधिकरणका प्रवक्ता चन्दनकुमार घोषले आज बसेको सञ्चालक समितिको बैठकले १५ दिन भित्र उद्योगले विद्युत बक्यौता नतिरे पनि लाइन नकाट्ने निर्णय भएको बताए ।
यसअघि सरकारले काटिएको विद्युत जोड्न प्राधिकरणलाई निर्देशन दिएको थियो। त्यसपछि प्राधिकरणले बिजुली जोडेर १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काटिने सूचना निकालेको थियो।