neapl investment mega bank
  • गृहपृष्ठ
  • ३९ अंक बढ्यो नेप्से, ९ अर्ब ३१ करोडको कारोवार

३९ अंक बढ्यो नेप्से, ९ अर्ब ३१ करोडको कारोवार

Nov 27th, 2024

बढ्यो नेप्से

काठमाडौं, मंसिर १२

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार दोहोरो अंकको बृद्धि भएको छ। बुधबार नेप्से ३८.८१ अंकले बढेर दुई हजार ७ सय ५५ दशमलव ४७ विन्दुमा बन्द भएको हो।

बुधबार ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । १९९ कम्पनीको शेयरमूल्य बढ्दा ४० को घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ। जानकी फाइनान्स कम्पनीको सर्वाधिक कारोबार भएको छ।

सात कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। उता मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ। मिथिलाको शेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता १७६४ रुपैयाँमा झरेको छ।