neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुर मेडिसिटीमा उपचारका क्रममा मृत्यु भएका परिवारले बुझे शव

ललितपुर मेडिसिटीमा उपचारका क्रममा मृत्यु भएका परिवारले बुझे शव

Nov 22nd, 2024

काठमाडौं, मंसिर ७

ललितपुर भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका सरोज लिम्बूका परिवारले शव बुझेका छन् । मेडिसिटीमा मिर्गौला प्रत्यारोपण गरेका इलामका ३८ वर्षीय सरोज सुब्बा लिम्बूको मंसिर १ गते मृत्यु भएको थियो ।

अस्पतालको लापरबाहीले गर्दा सरोजको मृत्यु भएको भन्दै परिवार र आफन्तले शव बुझ्न मानेका थिएनन् । बिहीबार साँझ दुई पक्षबिच वार्ता भएपछि परिवारले शव बुझेका हुन् ।