neapl investment mega bank

भुजेल र मृतकका परिवारबीच सहमति

Nov 18th, 2024

काठमाडौं, मंसिर ३

झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति भएको छ । दुई पक्ष मिलेकोले अस्पतालमा रहेको शव उठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

मृतकका परिवार र भुजेलबीच क्षतिपूर्तिबापत ५२ लाख दिने सहमति भएको बताइएको छ ।

काठमाडौंको शंकरापुरमा गत कात्तिक २८ गते भुजेलले चलाएको बा१९प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए ।

दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।