आधारभूमि कार्तिक ३०
काठमाडौको गौशालाबाट नदी, सडक अभियान्ताहरु पक्राउ पछि रिहा भएका छन् । कार्तिक ३० गते काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका नागरिकहरुको नीजी घरहरुमा सर्बोच्च अदालतको गैर न्यायिक, गैर संबैधानिक सर्बोच्चको निर्णयबाट महानगरपालिकाले ५ वटा डोजर लिएर गौशाला क्षेत्रका नागरिकहरुका घरहरु भत्काउन थालेपति अभियान्ता तथा राष्ट्रिय मुक्ती पार्टीका नेताहरु सुमन सायमी, रविन्द्र कुमार श्रेष्ठ, दिपेन पन्त र मनोज महरालाई पक्राउ गर्ने वितिक्कै रिहाई गरेको थियो ।
अभियान्ताहरु र घरधनीहरुले सर्बोच्च अदालतको गत पौष ९ गतेको निर्णय आएपछि सडक संघर्ष गर्दै आएका थिए । सर्बोच्च अदालतको निर्णय विचाराधिन रहेको १ महिना पछि पूर्णपाठ आएपछि घर टहरा भत्काउन माग राख्दै आएका थिए ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगरवासीको नीजी सम्पत्तिमा अदालतको निर्णय र आफ्नो ठाडो आदेशले ५ वटा डोजार लिएर नगरवासीको नीजी घरहरु भत्काउन थालेपछि नगर प्रहरीलाई अभियान्ताहरुले रोक्न खोज्दा नगरप्रहरी र नेपाल प्रहरीले हातपात गरी पक्राउ गरेका थिए ।
अभियान्ता सुमन सायमीले बालेन्द्र शाहालाई जबरजस्ती नगरबासीको नीजी सम्पत्तीमा डोजर नचलाउन र अदालतको पूर्णपाठ आएपछि भत्काउन आग्रह गर्दा समेत अटेर गरी अपशब्द प्रयोग पक्राउ गरी रिहा गरेको छ ।