neapl investment mega bank
  • गृहपृष्ठ
  • फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुन्छु : दीपक मनाङे

फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुन्छु : दीपक मनाङे

Nov 8th, 2024

काठमाडौं, कार्तिक २३

गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचारप्रति आपत्ति जनाएका छन् । प्रदेशसभा सदस्य मनाङेले शुक्रबार विज्ञप्ति जारी गर्दै आफू सम्पर्कविहीन भएको भन्ने समाचार प्रति आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा मनाङेले सर्वोच्चको फैसला आउँदाको दिनदेखि सञ्चारमाध्यामहरुबाट तारान्तार आइहेका कलहरुका कारण केही समयका लागि आफूले प्रयोग गर्दै आइरहेको मोबाइल बन्द गरेको बताएका छन् ।

उनले सर्वोच्च अदालतमा विचाराधीन रहेको आफ्नो मुद्दाको फैसला भएको विषय आफ्नो कानुन व्यावसायीमार्फत थाहा पाएको बताएका छन् । उनले फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुने समेत जनाएका छन् ।