काठमाडाैं, कार्तिक २१
शारिरिक रुपमा अशक्त भएर पनि ३८ बसन्तसम्म आफनै पौखरले बाँचेका बसन्त सापकोटाले उपचारका लागि सहयोगको अपिल गरेका छन् । सलार्हीको कालिन्जोर, ५ स्थायी घर भएका उनी हाल काठमाण्डौ बस्छन् । राजधानीको एक प्रेसमा काम गर्ने उनले कम्प्युटरमा डिजाइन गरेको भरमा आफनो रोजीरोटी चलाउँदै आएका छन् । तिष्ण दिमाग र डिजिटल सिपका धनी सापकोटा मिलनसार समेत छन् । भएभरका युवाहरु देशमा केही नदेखेर पलायन रोजीरहँदा उनी शारिरीक रुपमा अशक्क्त भएर पनि देशमै सिर्जनशील काम गरिरहेका छन् । सिप र दक्षताले उनलाई एकछिन पनि बेरोजगार बनाएको छैन । उल्टै दशैं, तिहार जस्ता चार्डहरुमा पनि उनलाई कामले फुर्सद दिएन ।
जन्मदेखी नै फरक क्षमता (अपाङ्गता) रहेका उनी आफना रोग Severe Kyphotic Deformity भन्ने छाति र ढाडको सर्जरी गर्न चाहन्छन् । पारिवारीक रुपमा अति विपन्न पृष्ठभुमीका उनी आफनो रोगले उपचार पाउने भएपछि अमेरिका जान चाहेका हुन् । उनको उपचार नेपालमा असहज भएकैले विभिन्न हस्पीटल, विर हस्पीटल, ट्रमा सेन्टर एवं स्वास्थ्य मन्त्रालय समेतले उक्त सर्जरी नेपालमा असम्भव हुने बताएको उनी भन्छन् ।
पछिल्ला बर्षहरुमा उनलाई अतिरिक्क्त शारिरिक समस्याहरु सिर्जना भएपछि र शरिर दुख्न थालेपछि उपचारका लागि उनलाई अमेरिका जान डाक्टरहरुबाट समेत सुझाव आएको हो । त्यसरी उपचार गर्न बसन्तको टेक्ने हाँगो र ओर्लने खुड्किलो समेत छैन । तर बसन्तका भरोषा अरु कोही नभएपनि अमेरिका बस्ने यमु शर्मा पौडेलले सकेको सहयोग गर्दै आएको र अमेरिकामा आवश्यक सहयोग (खान, वस्न दिने) गर्ने प्रतिबद्धता जनाएको बसन्तले बताए ।
आफनो चाहाना अनरुप अमेरीकामा गइ उपचार गर्न विभिन्न सरकारी कार्यालय, तथा हस्पिटलहरुबाट सिफारिस भएकोले त्यसतर्फ जान उनले आर्थिक सहयोग चाहेका छन् ।
त्यसका लागि उनले सम्पुर्ण देश तथा विदेशमा रहेकाहरुसँग सहयोगको लागि सादर अनुरोध गरेका छन् । उनको बैङ्ग खाता, एनआइसी एसिया बैंक १९८७९६१७१५९५२४०१ मा रहेको छ । उनको मोबाइल नं ९८४४०८९५१७ रहेको छ ।