neapl investment mega bank
  • गृहपृष्ठ
  • सिप्रदी ट्रेडिङद्वारा १० वटा म्याग्ना बस हस्तान्तरण

सिप्रदी ट्रेडिङद्वारा १० वटा म्याग्ना बस हस्तान्तरण

Nov 5th, 2024

काठमाडौं, कार्तिक २०

नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पत्थर डाँडा, रुपन्देहीमा, आज एक कार्यक्रमका बीच १० वटा अत्याधुनिक र सुविधासम्पन्न ATA LPO1622/62 BS6 Magna बसहरु त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई हस्तान्तरण गरेको छ।  

त्रिशक्ति पशुपति दर्शन यातायात प्रालि पश्चिम नेपाल बस ब्यबसायी प्रालि र भेरी यातायात प्रालि जस्ता दुई ठूला समितिको सहकार्यमा सञ्चालनमा आएको हो।

कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसी सहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेशदेखि दिल्ली सम्मको अन्तरदेशीय यात्राको लागि सञ्चालनमा आउने छ। कार्यक्रममा बोल्दै समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरु अझै बढाउने सोच रहेको जनाएका छन् ।

TATA LPO1622/62 BS6 Magna बसमा अत्याधुनिक प्रविधि र BS6 मानक प्रयोग भएको छ । जसले यसलाई वातावरणमैत्री बनाउने कम्पनीले जनाएको छ। विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ, र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउँछ। BS6 गाडीमा OBD प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउँछ। SCR प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ। यी गाडीहरू स्वच्छ, उच्च गुणस्तरको इन्धनमा चल्छन् । जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउँछ।