neapl investment mega bank
  • गृहपृष्ठ
  • अविरल वर्षाले महालक्ष्मी नगरपालिका १० मा ठूलो क्षति

अविरल वर्षाले महालक्ष्मी नगरपालिका १० मा ठूलो क्षति

Oct 28th, 2024

ललितपुर, कार्तिक ११
अविरल वर्षाले महालक्ष्मी नगरपालिका १० ठूलो क्षति भएको थियो । असोज ११ र १२ गते आएको अविरल वर्षाको कारणले बाढी पहिरोले तहसनह भएको थियाे ।

पहिरोले बाटो बन्द भएको ९ दिनमा सबै बाटो खुल्लाएको वडा अध्यक्ष विजय लामाले जानकारी दिए । यस वडामा भौतिक रुपमा ठूलो क्षति भएको र मानविय क्षति चाहि नभएको बताए । पहिरोले गर्दा १५३ घरमा खानेपानी समस्या रहेको बताउँदै सकेसम्म तिहारको लागि सबैमा खानेपानी पुर्याउने बताए । यस वडामा खेतीयोग्य जमिनमा पनि ठूलो क्षति भएको पाइन्छ ।

बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिं लामा क्षति अनुगमन तथा निरीक्षण गर्ने क्रममा वडा अध्यक्ष लामाले १३ बुंदे ज्ञापन पत्र साथै क्षति पूर्तिको विवरण पनि बुझाएको थियो । उनले सडक मर्मत तथा पुनः निर्माण, घरबारविहिन परिवारको लागि राहत, स्थायी पुनस्र्थापनाको योजना, सुरक्षात्मक पूवाधारको निर्माण, स्वास्थ्य सेवा पुनस्थापना र क्षतिपूर्तिको व्यवस्था जस्ता कुरा मुख्य मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।

विभिन्न संघसंस्था, राजनितिकदल र वडाको सहयोगमा राहत वितरण गरेको जानकारी दिए ।