neapl investment mega bank
  • गृहपृष्ठ
  • भवन निर्माणको काम अब समपन्नताको लगभग अन्तिम तयारीमा

भवन निर्माणको काम अब समपन्नताको लगभग अन्तिम तयारीमा

Oct 20th, 2024

सोलुखुम्बू कात्तिक – ४,

सोलुखुम्बु जिल्ला नेचासल्यान गाँउपालिकाको आफ्नो निजि भवन निर्माणको काम अब लगभग समपन्नताको अन्तिम तयारी अवस्थामा देखिएको छ । लगभग तीन करोड पचहत्तर लाख बराबरको लगानीमा निर्माणाधिन सो गाँउपालिका भवन बिगत -०८० बैशाख १० गते शिलान्यास गरिएको थियो भने यो भवन निर्माणको जिम्मा आरोन ओमबालाजी भि.आर.जे.भि. कन्सट्रक्सनले लिएको थियो । प्रारम्भ देखि नै स्थानिय गाँउपालिकाका ईन्जिनियरहरुको प्रत्यक्ष निगरानीमा निर्माणाधिन सो भवन अत्यन्तै मजबूत तथा आकर्षक डिजाईन पनि देखिएको छ । आरम्भ देखि नै निर्माणको काममा एक्कोहोरिएका कन्सट्रक्सनका कामदारहरु झरि, बादल देखि बिभिन्न चाडपर्बहरुमा समेत निरन्तर नन् स्टप काम गर्दै प्राय दिन पछिको रातमा समेत कामदारहरु काममा खटेको कुरा निर्माण भवन आसपासका स्थानियहरु बताँउछन । यसरी कन्सट्रक्सनका ठेक्केदारले * बिगतमा बोलेका कुरा., * निर्माण सामाग्रीहरुको गुणस्तर., तथा * काम गराईको गति., यी सबैलाई मनन् गर्ने हो भने तोकिएको समय (- ०८१ चैत्र मशान्त) भन्दा चारमहिना अगाडि नै भवन सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने तथा जिम्मा लगाउने सम्भावना भने अत्याधिक रहेको स्पष्ट देखिएको छ । निर्माणाधिन भवनको झलक तल फोटो ईन्सेटमा.,