काठमाडौं, कार्तिक १
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उजुरी परेको छ ।
पार्टी कार्यालय निर्माणका नाममा जग्गा लिएको र व्यापारीले भवन पनि बनाइदिने भनेको भन्दै सिन्धुलीका युवराज पौडेल (सफल)ले आज उजुरी दायर गराएका हुन् ।
उजुरीमा भ्रष्टाचार निवारण ऐन २०५९ द्वारा आवश्यक अनुसन्धान गरी हदैसम्म कारबाही माग गरिएको छ ।