neapl investment mega bank
  • गृहपृष्ठ
  • डोटीको सायल गाउँपालिकाले ग्रामीण सडकहरु सफाइ गरेर सुचारु गर्न थाल्याे

डोटीको सायल गाउँपालिकाले ग्रामीण सडकहरु सफाइ गरेर सुचारु गर्न थाल्याे

Oct 8th, 2024

काठमाडौं, असाेज २२

डोटीको सायल गाउँपालिकाले ग्रामीण सडकहरु सफाइ गरेर सुचारु गर्न थालेको छ । बर्षातका कारण अवरुद्ध भएका सडकहरु खुलाउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताए । बर्षाका कारण पहिरो खसेर अवरुद्ध भएका विभिन्न ठाउँका सडकहरु खुलाउने काम भइरहेको उनले बताए । गाउँपालिकाले आफ्नै जेसीबी प्रयोग गरेर सडक खुलाउने काम गरिरहेको हो । दशैँ अगाडि नै सबै ग्रामीण सडकहरु सुचारु गरिने अध्यक्ष जोशीले जानकारी दिए ।

गाउँपालिकाको वडा नं १अन्तर्गत दहकालिका छपाली कौराडी ग्रामीण सडक सफाइ गरिएको छ भने वडा नं २/३मा सडक सफाइ गरिसकिएको अध्यक्ष जोशीले बताए । यस्तै वडा नं ५ कोसडक सफाइ गरेर खोलिएको छ भने मेल्लेख _ केराभाडी सडक सुचारु गरिएको भएको छ। वाडा न ६ अन्तर्गत मेल्लेख रौखोल्ला सडक खण्ड पनि सुचारु भैसकेको छ ।यस्तै झिग्राना केलाभाडी जोड्ने सडक खुलाउने काम भइरहेको छ । चाडपर्वको समयमा गाउँपालिकाबासीलाई सहज होस भनेर सडक खुलाउने काम भइरहेको उनले बताए ।
बर्षात रोकिएपछि पालिकाभित्रका सडकहरु खुलाउने काम भइरहेको यसले नागरिकलाई सहज हुने सायल गाउँपालिका प्रवक्ता तथा वडा नं ३का वडा अध्यक्ष नवराज उपाध्यायले बताए । नागरिकको यातायातमा सहज पहुँच पुर्याउन अवरुद्ध सडक खुलाउने काम भइरहेको उनले बताए ।