neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रथम सैंबु-भैसेपाटी महोत्सव १८ र १९ गते हुने

प्रथम सैंबु-भैसेपाटी महोत्सव १८ र १९ गते हुने

Oct 1st, 2024

ललितपुर, असाेज १५

प्रगति युवा क्लब र ललितपुर महानगरपालिका वडा नं-२५ को संयुक्त आयोजनामा प्रथम सैंबु-भैसेपाटी महोत्सव आयोजना गर्न लागेकाे छ । प्रथम सैंबु-भैसेपाटी महोत्सव आयोजना गर्न आज पत्रकार सम्मेलन गरेकाे थियाे ।


सैबु भैसेपाटीको पहिचान स्थापित गराउन, सैंबु भैसेपाटीमा रहेका मठमन्दीर, सांस्कृतिक कलाक्षेत्रको विकास र बिस्तार गर्न, यसक्षेत्रमा रहेका ढुंगेधारा, पाटीपौवा र ऐतिहासिक स्थलका चिनारी दिनु यस मेलाको मुख्य उद्देश्य रहेको आयाेजकले जानकारी दिए ।

विशेषगरी सैंबु भैसेपाटी भित्र रहेका व्यवसायीको हितको लागि महोत्सवले ठुलो भुमिका निर्वाह गर्ने विश्वास भएकाे सैबु भैसेपाटी महोत्सव आयोजक समितिका संयोजक सुमन महतले बताए । यही असोज १८ र १९ गते आयोजना हुन लागेको महोत्सव ३० वटा स्टल राखिने र महोत्सवको मुख्य आकर्षणको रुपमा खाना महोत्सव, अटो सो, हस्तकलाका सामाग्री, विभिन्न प्रकारका कपडा लगायतको स्टल रहनेछ। महोत्सबमा सैंबु भैसेपाटीसंग जोडिएको दुई नगरी खोकना र बुंगमतीको ऐतिहासिक सामाग्री प्रदर्शनीमा राखिने संयोजक सुमन महतले बताए ।

उनले महोत्सवले यस क्षेत्रमा रहेका घरेलु तथा साना उद्योगको विकास हुने आशा लिएका छन् । महोत्सवमा कनेक्टिव पार्टनरको रुपमा वर्ल्ड लिंक, डिसहोम र नेपाल समाचारपत्र मिडिया पार्टनर रहेको छ । महोत्सवमा मुख्य आकर्षणको रुपमा चर्चित र स्थानीय कलाकारको सांस्कृतिक कार्यक्रम रहेको छ ।

महोत्सव क्लबको लागि नभै समस्त सैबु भैसेपाटीको विकासको लागि हुने अपेक्षा लिएका छौ। महोत्सवले समस्त सैंबु भैसेपाटी भित्र बस्ने सम्पुर्ण समुदायलाई एकरुपतामा बाघ्न मुख्य भुमिका खेल्ने आशा लिएकाे र महोत्सवले संस्कृतिको प्रबर्धन यस क्षेत्रको पहिचान, सैबु भैसेपाटीको सान बढाउने र सबैको सम्मान हुने प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi