neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र इटालियन महावाणिज्यदूतबीच छलफल

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र इटालियन महावाणिज्यदूतबीच छलफल

Oct 1st, 2024

काठमाडौं, असाेज १५

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले काठमाडौंमा कोलकाताका इटालीका महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टासँग द्विपक्षीय बैठक सम्पन्न गरेको छ । बैठकमा नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष संजय अग्रवाल र नेपालका लागि इटालीका मानार्थ महावाणिज्यदूत प्रतिमा पाण्डे पनि उपस्थित थियो ।

बैठकमा नेपाल र भारतबीच व्यापार वृद्धि गर्न विशेष गरी उत्पादन, कृषि, पर्यटन र प्रविधि जस्ता क्षेत्रमा जोड दिइएको थियो । नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री बोर्ड र महावाणिज्यदूतले आगामी व्यापार मेलाहरू र व्यावसायिक भेटघाटहरूको योजना पनि छलफल गर्नुभयो, जसले दुई देशबीचको व्यापारिक सहकार्य र लगानी प्रवर्द्धन गर्न मद्दत पु-याउनेछ ।

दुवै पक्षले नेपाल, भारत, र इटालीबीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाउन र व्यापारिक वृद्धि प्रबर्द्धन गर्न प्रतिबद्धता व्यक्त गरे ।