neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • हिमालयन इन्टरनेशनल एक्स्पो आयोजना हुने

हिमालयन इन्टरनेशनल एक्स्पो आयोजना हुने

Sep 30th, 2024

काठमाडौं, असाेज १४

हस्तकला व्यवसायीको सम्मान र व्यवसाय विश्वव्यापीकरणमा सहयोग गर्ने उद्देश्यले ‘हिमालयन इन्टरनेशनल एक्स्पो आयोजना हुने भएको छ । राजधानी काठमाडौंको भृकुटीमण्डपमा यही असोज १७ देखि १९ गतेसम्म एक्स्पो आयोजना हुने भएको हो ।

अध्यक्ष कपिल अधिकारीका अनुसार एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूँइकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादनलगायतका व्यापारिक कक्ष हुनेछन् ।

यस्तै भक्तपुरको प्याला, राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, जैविक स्रोतबाट बनेका शृङ्गारका सामग्री तथा महबाट बनेका सौन्दर्य प्रशोधनका सामग्री पनि रहने उनले बताए ।

अधिकारीका अनुसार पश्मिना, स्टोन, माला, क्युरियाको सामान, गलैँचा, गार्मेन्टका सामान, सिसा पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हेण्डमेड पेपरहरू, पेपर प्याकेजहरू, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगबाट उत्पादित वस्तु, जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवा एक्स्पोमा उपलब्ध हुनेछन् ।

नेपाली उत्पादनको निर्यातलाई बढाएर देशलाई आर्थिक समृद्धिको दिशातर्फ अगाडि लैजान यो प्रदर्शनीले सहयोग पु¥याउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

प्रदर्शनीमा सयौँ विदेशी व्यापारी तथा खरिदकर्ता खासगरी अमेरिका, क्यानडा, युरोप, चीन, भारतलगायत अन्य देशबाट आउने पनि आयोजकले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi