neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ११ ब्रान्डका जारको पानीमा भेटियो कोलिफर्म, बिक्री वितरणमा रोक, २ लाख जरिवाना

११ ब्रान्डका जारको पानीमा भेटियो कोलिफर्म, बिक्री वितरणमा रोक, २ लाख जरिवाना

Sep 29th, 2024

काठमाडौं, असाेज १३

काठमाडौँ महानगरपालिकाभित्र प्रयोग हुने जारको पानीमा दिसाजन्य पदार्थ (कोलिफर्म) भेटिएको छ ।महानगरपालिकाले गरेको परीक्षणमा ११ वटा कम्पनीका जारको पानीमा कोलिफर्म भेटिएको हो ।

भदौ १२ गतेदेखि २८ गतेका बिचका विभिन्न दिनमा विभिन्न स्थानहरुबाट २० वटा पानीको नमूना लिइएको थियो । साथै, यसबाहेक उपभोक्ताले गुनासो गरेपछि एउटाको नमूना संकलन गरेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । 

यसरी पठाइएका २१ वटा नमूनामध्ये ११ वटामा फिकल कोलिफर्म देखिएको हो । साथै, ११ व्राण्डका पानी बिक्री वितरणमा रोक लगाएको छ । बिक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ । यस सम्बन्धी गरिएको परिपत्रमा, जरिवाना राजस्व खातामा दाखिला गर्न भनिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi