ललितपुर, असाेज १३
केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण गोदावरी नगरपालिकामा ठूलो सङ्ख्यामा मानवीय क्षतिका साथै धनजनको क्षति भएको छ।
पहिरो र डुवानले नगरपालिकाका विभिन्न वडामा हाल सम्म १३ जनाले ज्यान गुमाउनु परेको नगरपालिकाले जनाएको छ।
यसैबीच नगरपालिकाले एक विज्ञप्ति प्रकाशित गर्दै दुःखद घडीमा मृतकका परिवारजनलाई राहत स्वरुप प्रति परिवार रु. २,००,०००।- उपलब्ध गराउने नगर कार्यपालिकाको आकस्मिक बैठकबाट निर्णय गरिएको जनाएको छ ।
नगरपालिकाले बाढी एवं पहिरो गइरहेको र विभिन्न उपाय अपनाउँदा पनि रोकथाममा कठिनाइ भइरहेको अवस्थामा बाढीपहिरो नियन्त्रणका लागि लगातार खटिने नगरप्रहरी नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी सहित तालिम प्राप्त जनशक्ति र स्थानीयवासीलाई धन्यवाद समेत दिएको छ।