ललितपुर, असाेज १२
बाढीले ललितपुरमा हालसम्म १८ जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले दिएको जानकारीअनुसार विपत्तिको उद्धारका क्रममा फेला परेका ती शवलाई आनन्दवन अस्पताल, चापागाउँ र पाटन अस्पताल लगनखेलमा राखिएका छन्।