neapl investment mega bank
  • गृहपृष्ठ
  • दुई महिनामा ६ अर्बभन्दा बढीका स्मार्टफोन नेपाल भित्रियाे

दुई महिनामा ६ अर्बभन्दा बढीका स्मार्टफोन नेपाल भित्रियाे

Sep 24th, 2024

काठमाडौं, असाेज ८

चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो दुई महिनामा ६ अर्ब भन्दा बढीको स्मार्ट फोन नेपा भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन र भदौ मात्रै ६ अर्ब ७० करोड ८१ लाख ५८ हजार रुपैयाँ बराबरको मोबाइल नेपाल भित्रिएका हुन् । 

नेपालले दुई महिनाको अवधिमा विदेशबाट ४ लाख ५४ हजार ९ सय ५८ थान मोबाइल नेपाल आएको तथ्यांकले देखाएको छ ।

नेपालमा सबैभन्दा बढी फोन भारत र चीनबाट आयात हुने गर्दछ ।साउन र भदौमा मात्रै चीनबाट मात्रै ४ अर्ब ६ करोड ७२ लाख बराबरका ३ लाख १८ हजार ९ सय ३ वटा स्मार्ट फोन नेपाल भित्रिएका छन् ।

यस्तै, भारतबाट २ अर्ब ५५ करोड ३५ लाख ९९ हजार मूल्य बराबरका १ लाख ३५ हजार ७६ वटा स्मार्ट फोन आयात भएका छन् ।