काठमाडौं, असाेज ७
पोखरामा सूर्यदर्शन सहकारीका पीडितहरूले प्रदर्शन गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको पक्षमा रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गर्न थालेपछि सहकारीका पीडितहरूले प्रदर्शन गरेका हुन् ।
रास्वपाले जिल्ला प्रशासन कार्यालय अगाडि शहिदचोकमा प्रदर्शन गरिरहेका छन् । सोही ठाउँमा सहकारी पीडितहरू पनि नाराबाजीसहित उपस्थित छन् ।
उनीहरुले रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने माग राखेका छन् । रविले गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन गरेको आरोप पीडितहरूको छ ।