आधारभूमि असोज ३, काठमाडौं
सर्बोच्च अदालतले २०८०÷९÷३ मा गरेको गैर न्यायिक नदी, सडक मापदण्ड पिडितहरुले माइतीघर मण्डलामा बृहद जनप्रदर्शन गरेका छन् ।
गैर न्यायिक सडक तथा खोला पिडित संघर्ष समितिका संयोजक सुमन सायमीले सर्बोच्च अदालतले सडक, नदीनालामा बसोबास गर्ने नेपाली जनताको उठिबास लगाउने निजी सम्पत्ती लुट्ने, गरी गैर न्यायिक निर्णय पुनरावलोकन नगरे थप संघर्षमा उत्रने चेतानी दिए ।
राष्ट्रिय मुक्ति क्रान्ती नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाली जनताको सम्पत्ति हडप्ने, सहकारी बचतकर्ताहरुको बचत फिर्ता नगर्ने, सिंहदरवारमा भित्र बसेर भ्रष्टाचार गर्ने शासकहरुलाई टुडिखेलमा ल्याएर झुन्ड्याउने चेताबनी दिए ।
पहिचान वादी नेता राजाराम तण्डुकारले विद्युतिय कारोबार इ –कमर्सको संसदमा कुरा उठाउदा हाम्रो माननीयहरु विद्युत बेचेर धेरै पैसा कमाउन सकिन्छ भन्ने माननीयहरु राम्रो काम गरे माननीय नगरे हाननीय हुन हामी पिडितहरु हान्न समेत तयार रहन पिडितहरुलाई आग्रह गरे ।
सहकारी बचतकर्ता पिडित महासंघका कुशलदेव के.सि.ले सहकारी पिडितहरुले बचत गरेको रकम समयमा फिर्ता नगरे अझ जनसंघर्षको कार्यक्रम ल्याउने चेतावनी दिए ।
त्यस्तै, जनप्रदर्शनमा गोपाल किराँती लगायत पहिचानवादी मोर्चा, दलितको लागि दलित अभियान, यल नेवा समाज, भ्रष्टाचार विरुद्ध अभियान, सेभ नेवा भ्याली, हलिं नेवाः गुथिका वक्ताहरुले जनप्रर्शनमा आफ्नो धारणा राखि जनसंघर्षमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।